कांग्रेसको प्रश्नमा प्रधानमन्त्रीको जवाफ- हामीबीच उच्च समझदारी छ, शंका गर्नु पर्दैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा एमालेबीच उच्च समझदारी भएकाले शंका गर्नु नपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठक कांग्रेस सांसद डा. प्रकाशशरण महतले ‘गठबन्धनबारे तपाईको अनुभव के छ ?’ भनेर सोधेको प्रश्नमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

‘गठबन्धनमा रहेका दलहरूबीच मुलुकको विकास समृद्धिलाई निरन्तरता दिई राजनीतिक स्थिरता कायम गरी अगाडि बढ्ने विषयमा सत्ता साझेदार दलहरूबीच कुनै शंका-उपशंका गर्न जरुरी छैन । हामीबीच उच्च समझदारी र विश्वास रहेको छ,’ उनले भनेका छन् ।

अगाडि उनले भनेका छन्, ‘विकास, समृद्धि र स्थिरताका लागि नै नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका रहेका दुई ठूला राजनीतिक दलहरूसहित अन्य दलहरू मिलेर वर्तमान सरकारको गठन गरिएको हो ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री