प्रहरीमाथि कुटपिट गर्ने अनेरास्ववियुका नेता जोशीलाई हिरासतमा राख्न अनुमति

काठमाडौं । काठमाडौंको ठमेलमा प्रहरीमाथि कुटपिट गर्ने नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमल जोशीलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ ।

ठमेलमा प्रहरी कुटेको आरोपमा बिहीबार साँझ बानेश्वरबाट पक्राउ परेका जोशीविरुद्ध म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पेस गरिएको थियो ।

काठमाडौं प्रशासनले अभद्र व्यवहारको कसुरमा सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहोराले बताए ।

गत माघ २४ मा ठमेलस्थित छायाँ सेन्टर अगाडि ड्युटीमा खटिएका प्रहरीका जवान र हवल्दारमाथि जोशी समेतले कुटपिट गरेका थिए । कुटपिटबाट प्रहरी जवान नगेन्द्रराज विष्ट र हवल्दार जुगलाल घर्ती घाइते भएका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री