बबरमहलमा मेलम्चीको पाइप फुट्यो, सरकारी कार्यालयमा डुबान

काठमाडौं । काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेको छ । काठमाडौं जिल्ला अदालत अगाडि मेलम्ची खानेपानीको मुख्य पाइप फुटेको हो ।

मेलम्ची खानेपानीको मुख्य पाइप नै फुटेपछि अहिले बबरमहल आसपास रहेका सरकारी कार्यालय डुबानमा परेका छन् । वन परिसर, विशेष अदालत, जिल्ला अदालत लगायतका सरकारी कार्यालयमा बाढी पसेको छ ।

अहिले बबरमहलमा नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरीको टोली खटिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री