काठमाडौं । खसीको अण्डकोष टाँसेर बाख्राको मासु बेचेको आरोपमा पर्सामा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१३ का ४१ वर्षीय हारुन मियाँ अन्सारी रहेका छन्। पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार सोमबार साँझ ६ बजे अन्सारीलाई पक्राउ गरिएको हो।
आसमिन फ्रेस हाउस चलाइरहेका अन्सारीले खसीको भनी बाख्राको मासु बेचिरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय श्रीपुरको टोली त्यहाँ पुगेको थियो।
‘प्रहरी टोली पुग्दा अन्सारीको पसलबाट खसीको अण्डकोष टाँसिएको बाख्राको मासु १५ केसी बरामद भएको छ,’ लम्सालले भने।
तपाईंको प्रतिकृया




