काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) मा दुई पदाधिकारी, प्रदेश र केन्द्रीय सदस्यमा नेताहरु निर्विरोध निर्वाचित भएका छन् । आइतबारदेखि सुरु भएको पार्टीको पहिलो महाधिवेशनको बन्द सत्रमा उनीहरू निर्वाचित भएका हुन् । पदाधिकारीमा निर्विरोध निर्वाचित हुनेहरूमा महिला उपाध्यक्षमा मानुषी यमि भट्टराई, उपाध्यक्ष (दलित) मा दुर्गा सोब रहेका छन् ।
यी हुन् निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरु
उपाध्यक्ष (महिला) – मानुषी यमि भट्टराई
उपाध्यक्ष (दलित) – दुर्गा सोब
कोशी प्रदेश केन्द्रीय सदस्य (खुल्ला)– मणि राई
कोशी प्रदेश केन्द्रीय सदस्य (महिला) – तारा बास्तोला दवाडी
मधेश प्रदेश केन्द्रीय सदस्य (महिला) – बिबि समिना खातुन
बागमती प्रदेश केन्द्रीय सदस्य (महिला)– बसुन्धरा साप्कोटा
गण्डकी प्रदेश केन्द्रीय सदस्य (खुल्ला)– चित्र सापकोटा
गण्डकी प्रदेश केन्द्रीय सदस्य (महिला) – नारायणी अधिकारी
लुम्बिनी प्रदेश केन्द्रीय सदस्य (खुल्ला)– कमल खनाल
लुम्बिनी प्रदेश केन्द्रीय सदस्य (महिला) – सुनिता काफ्ले
कर्णाली प्रदेश केन्द्रीय सदस्य (खुल्ला)– लक्ष्मी प्रसाद भट्टराई
कर्णाली प्रदेश केन्द्रीय सदस्य (महिला) – मिरा कुमारी मल्ल
सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य (खुल्ला)– रतनबहादुर टमटा
सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य (महिला) – सत्यदेवी चापागाईं
भारत प्रवास प्रदेश केन्द्रीय सदस्य (खुल्ला)– लोकेन्द्रबहादुर सुनार
केन्द्रीय सदस्य
खुला युवा महिला – निशा श्रेष्ठ
आदिवासी जनजाति युवा महिला – मन्जु माया तामाङ
मधेशी महिला – अमृता कुमारी देवी
दलित के.स. युवा – हिक्मत वि.क.
थारु महिला – गीता थनेत



