सत्ता गठबन्धनको अधिनायकवादले मुलुकलाई संकटतर्फ धकेल्यो : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारप्रति गम्भीर असन्तोष व्यक्त गर्दै मुलुक संकटतर्फ उन्मुख भएको बताएका छन् ।

सोमबार बिहान विराटनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै खनालले कांग्रेस र एमालेको गठबन्धन सरकारले मुलुकलाई अधोगतितर्फ धकेलिरहेको आरोप लगाए । उनले भने, ‘देश गहिरो संकटमा फस्दैछ । दुई ठूला दलको अधिनायकवादी प्रवृत्तिले लोकतान्त्रिक मूल्य-मान्यतामा चुनौती सिर्जना गरिरहेको छ ।’

खनालले वर्तमान राजनीतिक अवस्था जटिल बन्दै गएको उल्लेख गर्दै भ्रष्टाचार मौलाएको र दोषीहरू उन्मुक्ति पाइरहेको दाबी गरे । उनले संविधान अझै पूर्णरूपमा कार्यान्वयन नभएको बताउँदै अहिलेको अवस्थामा संविधान संशोधन आवश्यक नरहेको पनि स्पष्ट पारे । ‘राजनीतिक स्थायित्व सुनिश्चित नगरी मुलुकलाई सही दिशामा लैजान सकिँदैन,’ उनले भने, ‘सरकारको असफलताले जनतामा निराशा बढ्दै गएको छ ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री