काठमाडौं । झापामा महिला साथीसँग होटलमा बसेका युवकको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका-४ स्थित एभरेस्ट होटल एन्ड लजमा हल्दिबारी गाउँपालिका-१ का ३० वर्षीय सागर बेस्रा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, बेस्रा बिहीबार राति एक महिला साथीसँग होटल पुगेका थिए । राति सुतेका बेला उनी कोठाको बाथरुममा लडेपछि बेहोस भएका थिए । उनलाई करिब साढे १ बजेतिर उपचारका लागि बिर्तासिटी अस्पताल लगिएको थियो, तर चिकित्सकले मृत घोषणा गरे ।
घटनापछि प्रहरीले होटल सञ्चालक र बेस्रासँगै होटलमा गएकी युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ । मृत्युको कारण खुलाउन विस्तृत जाँच भइरहेको प्रहरीको भनाई छ ।
तपाईंको प्रतिकृया




