काठमाडौं । विपिन कार्की, वर्षा राउत तथा सुरक्षा पन्त स्टारर ‘गोपी’ले फस्ट लुक पोस्टर सार्वजनिक गरेको छ । सिनेमाका चार पोस्टर सार्वजनिक गरिएको हो।
दीपेन्द्र लामाद्वारा निर्देशित ‘गोपी’मा विपिनले गाई पाल्ने किसानको भूमिका निर्वाह गरेका छन् सिनेमा आगामी माघ १८ मा रिलिज हुनेछ । सिनेमामा प्रकाश घिमिरे, रमेश अधिकारी, अंकित खड्का, भोला सापकोटा, कमलमणि नेपाल, कुन्ती सिमाली, हिउँबाला गौतम, सरोज अर्याल, केशव राई लगायतले पनि अभिनय गरेका छन् ।
आरोही इन्टरटेनमेन्टको ब्यानरमा बनेको सिनेमामा पटकथा सामिप्यराज तिमल्सिनाले लेखेका छन् । त्यस्तै कार्यकारी निर्माता श्रीधर पौडेल, छायाँकार शैलेन्द्र डि कार्की र सम्पादक निमेष श्रेष्ठ रहेका छन् । सिनेमामा विप्लव प्रतीक र बुद्धिसागरले लेखेका गीतलाई न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहले कम्पोज गरेका छन् । पाश्र्व संगीत रोहित शाक्यको सुन्न सकिन्छ ।
प्रतिकृया दिनुहॊस