काठमाडौं । कैलाली प्रहरीले किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।जोशीपुर गाउँपालिका–६ बस्ने १५ वर्षीय किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जोशीपुर–१ का १८ वर्षीय सुमन डगौरा र १८ वर्षकै कुशल चौधरी रहेका छन् ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय भजनीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।बलात्कारमा संलग्न रहेको आरोप लागेका अन्य दुई जना भने भारततर्फ भागेको प्रहरीले जनाएको छ । भारत भाग्नेमा १८ वर्षीय राजकुमार चौधरी र १९ वर्षीय आशिक चौधरी रहेका छन् ।
तपाईंको प्रतिकृया




