काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेह्रथुम पुगेका छन् । सोमबार बिहान माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तलाई साथमा लिएर अध्यक्ष प्रचण्ड हेलिकोप्टरबाट तेह्रथुम पुगेका हुन् ।
त्यहाँ पुगेर अध्यक्ष प्रचण्डले लालीगुराँस-२ चोःलुङ पार्क तथा संग्रहालयको अवलोकन गरेका छन् । त्यहाँबाट उनी प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मथलो आठराई जाने कार्यक्रम छ । प्रचण्ड आज र भोलि दुई दिन तेह्रथुमका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुनेछन् ।
स्वागतका क्रममा स्थानीयले प्रचण्ड र वर्षमानलाई ढाका टोपी लगाइदिएका थिए । औपचारिक कार्यक्रममा प्रचण्डले भादगाउँले टोपी लगाउने गरेका छन् । पुनले कोट पनि ढाकाको लगाएका छन् । तेह्रथुम पूर्वेली ढाकाका लागि प्रख्यात ठाउँ हो ।
तपाईंको प्रतिकृया




