नेपाल एसबिआई बैंकले गर्‍यो ३ लाख सहयोग

काठमाडौं । नेपाल एसबिआई बैंकले पोखरा महानगरपालिका-३, नदीपुरमा रहेको नेपाल भारत मैत्री पुस्तकालयलाई सहज रुपमा सञ्चालन गर्न आर्थिक सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नेपाल भारत मैत्री संघ कास्कीलाई ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

उक्त सहयोग रकम बैंकका गण्डकी प्रदेश प्रमुख मिन बहादुर गरुङले संघका अध्यक्ष गोपाल धोजुलाई औपचारिक रूपमा हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा लेफ्टिनेन्ट कर्नल, प्रशान्त सिङ बागेल, बैंक तथा संघका अन्य पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ ।

हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२२ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रभु बैंकको नाफा ८५.४९ प्रतिशतले बढ्यो

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । …

प्रतिकृया दिनुहॊस