आज कहाँ-कहाँ छ वर्षा र हिमपातको सम्भावना ?

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज (सोमबार) कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । महाशाखाका अनुसार मधेस प्रदेशको पश्चिमी तराईका भू–भाग र लुम्बिनी प्रदेशको पूर्वी तराइका केही भूभागहरूमा हुस्सु÷कुहिरो लागेको अवस्था छ ।

बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु÷कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु महाशाखाको अनुरोध छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ, ‘कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा आज हल्का हिमपातको सम्भावना छ । साथै बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।’

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बैंक सबल र प्रभावकारी भए मात्रै नागरिकको विश्वास जित्न सकिन्छ : अर्थमन्त्री

काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकहरुलाई आफूले लिएका उद्देश्यहरु हासिल गर्ने कुरालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेका छन् । सोमबार काठमाडौंमा कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेको हो ।

प्रतिकृया दिनुहॊस