काठमाडौं । ललिपुरको धापाखेलमा पार्किङ गरी राखिएको कारमा आगलागी भएको छ । ललितपुर महानगरपालिका–२३ धापाखेल गैह्रीधारामा पार्किङ गरी राखिएको बागमती प्रदेश ०१२–०२८ च २४६३ नम्बरको कारमा आगलागी भएको हो ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार बिहान ३ बजे आगलागी भएको सूचनापछि सातदोबाटो वृत्तबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा प्रहरी १३ जना प्रहरी र ललितपुर महानगरका १५ जना प्रहरी खटिएका थिए । दुईटा दमकल प्रयोग गरी बिहान सवा ४ बजे आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनास्थलमा खटिएका प्रहरी नायब निरीक्षक प्रशान्त राईका अनुसार आगालागीबाट कार पूर्ण रूपमा क्षति भएको छ ।
कार वीरगञ्ज घर भई सोही स्थानमा बस्ने कल्पना बुढाथोकीको रहेको प्रहरीले जनाएको छ । कार पार्क गरिएको नजिक रहेको टहरा पनि पूर्ण रूपमा क्षति भएको छ । स्थानीयहरुले कसैले कारमा आगो लगाइदिएको हुनसक्ने आकनल गरेका छन् । यसबारेमा अनुसन्धान भइरहेको प्रहरी नायब निरीक्षक राईले बताएका छन् ।
प्रतिकृया दिनुहॊस