rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

आजको पञ्चाङ्ग  
वि.सं. पौष २८, २०८१ । ई.सं. 12 Jan, 2025 । शक संवत् १९४६ । नेपाल संवत् ११४५ पोहेलाथ्व । कालयुक्त दक्षिणायन हेमन्त । आइतबार पौष शुक्लपक्ष । तिथि चतुर्दशी ०४:४९ बजेसम्म, त्यसपछी पूर्णिमा । नक्षत्र मृगशिरा ११:२७ बजेसम्म, त्यसपछी आर्द्रा । योग ब्रह्म ०९:३६ बजेसम्म, त्यसपछी ऐन्द्र । करण गर १७:२३ बजेसम्म, त्यसपछी वणिज ०४:४९बजेसम्म, त्यसपछी भद्रा । चन्द्रराशि मिथुन । आनन्दादि योग सौम्य । दिनमान १०:२९ । सूर्योदय ६:५८ । सूर्यास्त १७:२७ । सिनधुपाल्चोकमा जैमनथेरापीनारायणमेला । सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धार्मिक कार्यहरुमा रुचि बढ्नेछ। रोजगारको नयाँ अवसर मिल्नेछ। भाइबहिनीको सफलताले मनमा खुशी मिल्नेछ। विद्यार्थीहरूको आत्मविश्वासमा वृद्धि हुनेछ। स्वास्थ्य राम्रो रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रशंसनीय कामले कार्यक्षेत्रमा अधिकारी वर्गहरूबाट प्रशंसा पाइनेछ। युवा वर्गलाई आफ्नो करियरलाई लिएर चिन्ता रहनेछ। नयाँ सम्पर्कहरू बन्नेछन्। आफन्तको साथ सहयोग मिल्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पारिवारिक सद्भावमा कमी आउनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। व्यर्थको कार्यमा आफ्नो ऊर्जा र समय व्यतित नगर्नुहोला। नयाँ पहिरन र स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धार्मिक सम्मेलनमा सहभागी हुने अवसर प्राप्त हुनेछ। यात्रामा कष्ट हुन सक्ला। आफ्नो स्वास्थ्यमा ध्यान राख्नुहोस्। वैदेशिक रोजगारबाट लाभ मिल्नेछ। सरकारी काममा बाधा आउनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) भावुकतामा आएर निर्णय नलिनुहोला। कार्यक्षेत्रमा उन्नति हुनेछ। शेयर मार्केटबाट लाभ मिल्नेछ। नयाँ कार्य प्रारम्भ गर्नको लागि रूपरेखा बन्नेछ। वरिष्ठ व्यक्तिहरूको साथ सहयोग मिल्ला। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सानोतिनो कुरामा उल्झिनु भन्दा आफ्नो कर्मपथतिर ध्यान केन्द्रित गर्नुहोला। व्यापार व्यवसायमा पिताको साथ सहयोग मिल्नेछ। रोकिएको कार्य प्रारम्भ हुनेछ। कारोबार तलमाथि हुन सक्ला धैर्य राख्नुहोस् समय अनुकूल रहेको छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) साहित्य वा कलात्मक क्षेत्रमा विकास हुनुको साथै विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा नयाँ अवसर मिल्नेछ। धार्मिक स्थलको भ्रमण वा दर्शनको योग रहेको छ। स्वास्थ्यमा सुधार आउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) व्यापार व्यवसायमा आकस्मिक धनलाभको योग रहेको छ। कुनै आफन्तको स्वास्थ्यलाई लिएर धन खर्च गर्नुपर्ला। विदेशतिर बसोबास गर्नेहरूलाई शुभ सूचना मिल्नेछ। न्यायिक मामिलाहरूमा बाधा हुनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ८ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मन प्रसन्न रहनेछ। स्वास्थ्य र धनमा लाभ रहनेछ। शत्रुमाथि विजय पाइनेछ। साझेदारी व्यापारबाट लाभ मिल्नेछ। समाजमा प्रतिष्ठित व्यक्तिको साथ र सहयोग मिल्नाले राजपक्ष वा प्रशासनबाट अट्केको कार्यसम्पादन हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) व्यापारमा लाभ हुनेछ। प्रतिस्पर्धीहरूलाई प्रतिस्पर्धामा सफलता मिल्नेछ। ऋणको लेनदेनबाट बच्नुहोस्। कार्यक्षेत्रमा सफलता मिल्नेछ। सरकारी नोकरीमा विवादास्पद कार्यमा समय खर्च हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सन्तानको प्रगतिले मन उत्साहित रहनेछ। कार्यक्षेत्रमा अधिकारीहरुको साथ सहयोग मिल्नुको साथै नयाँ कार्य प्रारम्भ गर्नलाई उपयुक्त समय रहेको छ। धार्मिक क्रियाकलापमा मन जानेछ। सोचलाई दूरदर्शी राख्ने प्रयास गर्नुहोला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफन्तहरूको साथ र सहयोग नमिल्नाले मन अप्रसन्न रहनेछ। जग्गा जमिनबाट लाभ मिल्नेछ। आटेको कार्य पूर्ण गर्नलाई मेहनत अलि धेरै गर्नुपर्ला। इष्टमित्रको सहयोग मिल्नेछ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। खानपानमा विशेष ध्यान दिनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ। –हाम्रो/नेपाली पात्रोबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा प्रतिवादी बनाइएका उनी आफैं जिल्ला अदालतमा उपस्थित भएका हुन् ।

प्रतिकृया दिनुहॊस