काठमाडौं । अग्नि इन्कर्पोरेटेडले ‘महिन्द्रा उत्सवः महिन्द्राको छड्के सलाम, जित्नुहोस् लाखौँको इनाम’ योजनाको विजेता घोषणा गरेको छ । कम्पनीले बिहीबार काठमाडौंको गैह्रीधारा सेल्स टावरस्थित अग्नि ग्रुप महिन्द्रा सोरुममा एक कार्यक्रमको आयोजना गर्दै विजेता घोषणा गरेको हो ।
अग्नि इन्कर्पोरेटेड महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरहरूको आधिकारिक बिक्रेता हो । महिन्द्राले गत असोजमा हरेक वर्ष जस्तै विश्वकर्मा पूजा, दशैँ, तिहार र छठ पूजालाई लक्षित गरी ‘महिन्द्र उत्सव २०२४’ अभियान विशेष योजना ल्याएको थियो । यो योजना चाडपर्व अवधिभर २०८१ असोज १ गतेदेखि पुस १६ सम्म अभियान जारी भएको थियो ।
योजनाअन्तर्गत महिन्द्रा ट्याक्टर खरिद गर्ने ग्राहकहरूले स्क्र्याच कार्डका अलवा बम्पर इनामअन्तर्गत घोषणामा एक लाख, दुई लाख, र चार लाख नगद जित्ने थप तीन मौकाहरू पाउने व्यवस्था रहेको थियो । विजेताहरू ‘लक्की ड्र’ममार्फत छनोट गरी घोषणा गरिएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल, कराँते खेलाडी महमद सेखु आलम, भलिबल खेलाडी निरुता ठगुन्ना, सुटिङ खेलाडी तथा ओलम्पियन सुस्मिता नेपाल, र एपीएफका एथ्लेटिक्स खेलाडी गोपीचन्द्र पार्कीको उपस्थिति थियो ।
‘लक्की ड्र’मार्फत पार्कीले एक लाख, नेपालले दुई लाख र आलमले चार लाख पाउने विजेता छानेका थिए ।
चितवनका डोलबहादुर श्रेष्ठले एक लाख, स्याङ्जाको चापकोटका इश्वर मल्लले दुई लाख र रुकुमको चौरजहारी नगरपालिकाकाको डीपीडीएस निर्माण सेवाले चार लाख विजेता बनेका हुन् । विजेताहरूलाई अभिनेत्री स्वस्तिमा खड्काले दुई हप्ताभित्र नगद हस्तान्तरण गर्ने कम्पनीले जनाएको छ ।
प्रतिकृया दिनुहॊस