अमेरिकामा कार दुर्घटनामा दुई नेपाली युवकको मृत्यु

काठमाडौं । अमेरिकाको भर्जिनियामा भएको एक कार दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ । स्थानीय समय अनुसार बिहीबार बिहान करिब ७ बजेतिर स्यान्टिल्ली क्षेत्रको विन्डम होटल नजिकै रहेको पोखरीमा कार खस्दा घटना भएको हो ।

दुर्घटनामा ५५ वर्षीय कर्ण खड्का र उनका २० वर्षीय नातेदार निश्चल भट्टको मृत्यु भएको छ । एनबीसी वाशिङ्गटन डटकमका अनुसार, खड्का सोही होटलमा हाउस किपिङको काम गर्थे । उनले आफ्नो भान्जा नाता पर्ने भट्टलाई पनि त्यही होटलमा काम गर्नका लागि ल्याएका थिए । दुर्घटना पार्किङ क्षेत्रबाट कार चिप्लिएर करिब १० फिट गहिरो पोखरीमा खस्दा भएको हो ।

कारको अगाडिको भाग पूर्ण रूपमा पानीमा डुबेको थियो । त्यहाँका नेपाली समुदायका अनुसार अत्यधिक चिसो मौसम र उद्धारमा भएको ढिलाइका कारण दुर्घटनामा परेका दुवै जनालाई बचाउन सकिएन । घटनाले भर्जिनियामा रहेका नेपाली समुदाय शोकमा डुबाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘नो केबलकार समूह’ द्वारा थप आन्दोलन कार्यक्रमको घोषणा

काठमाडौँ । ‘नो केबलकार समूह’ द्वारा पाथीभरामा निर्माणाधीन केबलकारविरुद्ध थप आन्दोलन कार्यक्रम गर्ने घोषणा गरेको छ । उनीहरुले नेपाल सरकारका सहसचिवस्तरीय वार्ताबाट समस्या समाधान नभएको भन्दै थप आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेका हुन् ।

प्रतिकृया दिनुहॊस