सांकेतिक तस्बिर

बझाङ : अस्पताल लैजाँदै गर्दा बाटोमै शिशु जन्मिएकी २१ वर्षीया सविताले ज्यान गुमाइन्, बच्चा पनि बाचेनन्

काठमाडौं । बझाङमा अस्पताल पुर्‍याउने क्रममा गर्भवती महिला र उनको नवजात शिशुको मृत्यु भएको छ । केदास्युँ गाउँपालिका-१ की २१ वर्षीया सविता बोहराको अस्पताल लैजाने क्रममा सोमबार बाटोमै मृत्यु भएको हो ।

बोहरालाई प्रसूति गराउनका लागि स्थानीय महिलाहरूको सहयोगमा अस्पताल लैजाने प्रयास भइरहेको थियो । तर, बाटोमै सविताले नवजात शिशुलाई जन्म दिइन् । दुर्भाग्यवश, अत्यधिक रक्तश्रावका कारण सविताको ज्यान गयो ।

शिशुको पनि केही समयपछि निधन भएको वडाध्यक्ष वीरबहादुर भण्डारीले जानकारी दिए । समयमै अस्पताल पुर्‍याउन नसक्दा शुत्केरी र नवजात शिशुको मृत्यु भएको उनको भनाई छ ।

बझाङ, बाजुरा, अछाम लगायत जिल्लाका दुर्गभ भेगमा समयमै प्रसुती महिलालाई स्वास्थ्य संस्थासम्म पुर्‍याउन नसक्दा बर्सेनि अकालमै ज्यान गुमाउनुपर्ने नियति भोग्नु परेको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नक्कली इन्सपेक्टर बनी ठगी कार्यमा संलग्न २ जना पक्राउ

काठमाडौँ । प्रहरीको नक्कली इन्सपेक्टर बनी ठगी कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले …

प्रतिकृया दिनुहॊस