काठमाडौं । बैंक तथा वित्तीय परिसंघ नेपाल (सिबिफिन)को अध्यक्षमा उपेन्द्र पौडेल नै दोहोरिएका छन् । संघको पाँचौँ साधारणसभाले फेरि अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । पौडेल नबिल बैंकका अध्यक्ष हुन् ।
धारणसभामा महासचिवबाहेक अन्य सबै पदमा सर्वसम्मत चयन गरिएको थियो। वरिष्ठ उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका राजेश उपाध्याय सर्वसम्मत चयन हुँदा उपाध्यक्षमा कुश प्रसाद मल्ली चयन भएका छन्।
यस्तै महासचिवमा हिमालयन बैंकका प्रचण्ड बहादुर श्रेष्ठ चयन भएका छन्। सचिवमा भने दुई जनाको उम्मेदवारी परेका कारण कसलाई चयन गर्ने भन्ने निर्क्योल भइसकेको छैन। सचिवमा पदमा महेन्द्र कुमार गोयल र थानेश्वर पौडेलको उम्मेदवारी परेको छ।
कोषाध्यक्ष पदका लागि भने एनआईसी एसिया बैंकका तुलसीराम अग्रवाल र सहकोषाध्यक्षका लागि गोर्खा फाइनान्सका गौरव बुढाथोकी चयन भएका छन्।
सदस्यहरुमा राजाराम खड्का, डा.बाल गोपाल वैद्य, लिला प्रकाश सिटौला, मनोजकुमार गोयल, चन्द्र बहादुर अधिकारी, राधेश पन्त, रमण नेपाल, सुदिप आचार्य, चिन्तामणि भट्टराई र लक्ष्मी प्रसाद महर्जन चयन भएका छन्।




