४ भेरियन्ट र १० रंगमा आउँदै हुन्डाईको क्रेटा इलेक्ट्रिक, यी कम्पनीसँग प्रतिस्पर्धा

काठमाडौँ । हुन्डाई इन्डियाले क्रेटालाई विद्युतीय भर्सनमा ल्याएको छ । कम्पनीले भारत मोबिलिटी एक्स्पो २०२५ का दौडान अल न्यु क्रेटा इलेक्ट्रिकको मूल्य घोषणा गर्दै छ ।

बजारमा आउने क्रेटा ईभी ४ भेरियन्ट र १० रंगको विकल्पसहित हुने स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। ४ भेरियन्टमा एक्जिक्युटिभ, स्मार्ट, प्रिमियम र एक्सिलेन्स रहनेछन् । ग्राहकले १० वटा रंगको विकल्प पाउनेछन् ।

क्रेटा ईभीले एमजी जेटएस ईभी, बीवाईडी अट्टो ३, टाटा कर्म ईभी, महिन्द्रा एक्सयूभी४००, महिन्द्राकै बीई६ र महिन्द्राकै एक्सईभी ९ई सँग प्रतिस्पर्धा गर्नेछ । भारतमा क्रेटा ईभीको सुरुवाती मूल्य २० लाख भारु हुनसक्ने सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री