शेरा दरबार जग्गाको दोषीमाथि कारबाही हुन्छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले शेरा दरबारको जग्गाको दोषीलाई कारबाही हुने बताएका छन् । बिहीबारको राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री लेखकले शेरा दरबारको जग्गाको दोषीलाई कारबाही हुने बताएका हुन् ।

बैठकमा एमाले सांसद बासुदेव घिमिरेले शेरा दरबारको जग्गाबारे गृहमन्त्री रमेश लेखकसँग जवाफ मागेका थिए । ‘शेरा दरबारबारे भएको के हो श्र गृहमन्त्रीले स्पष्ट गर्न आवश्यक छ’, एमाले सांसद घिमिरेले भनेका थिए । त्यसको जवाफ दिँदै गृहमन्त्रीले भने, ‘शेरा दरबारको जग्गा गलत ढंगले कुनै व्यक्ति र कम्पनीको नाममा गएको छ भने त्यो फिर्ता हुन्छ । गम्भीरतापूर्वक अनुसन्धान भएको छ ।’

बैठकमा सहभागी भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शेरा दरबार जग्गा कानुन विपरीत भए फिर्ता ल्याउनुपर्ने बताएका छन् । दाहालले शेरा दरबार जग्गा कानुन विपरीत भए फिर्ता ल्याउन सरकारलाई आग्रह गरेका हुन् । दाहालले भने, ‘शेरा दरबारको जग्गाबारे कानुन विपरीत काम भएको छ भने फिर्ता ल्याइयोस्, म सरकारलाई धन्यवाद भन्छु ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री