सानिमा बैंकका ग्राहकलाई बिगमार्टमा १० प्रतिशत छुट

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यममार्फत डिजिटल भुक्तानीको प्रयोग प्रोत्साहित गर्न बिगमार्टमा विशेष क्यास ब्याक अफर ल्याएको छ।

यस अफर अन्तर्गत सानिमा डेबिट र क्रेडिट कार्डको माध्यमबाट बिगमार्टमा सामान खरिद गर्दा ग्राहकहरुलाई १० प्रतिशतसम्म क्यास ब्याक वा अधिकतम रु २०० सम्मको क्यास ब्याक प्राप्त हुने व्यवस्था गरिएको छ। यो अफर पुस १९ देखि २०८२ सालको पुस १६ सम्म लागु हुनेछ ।

बिगमार्टको काठमाडौं उपत्यकामा ९८, पोखरामा ५ र चितवनमा ४ गरी कुल १०७ आउटलेट सञ्चालनमा छन्।

सानिमा बैंकले यस अफरमार्फत डिजिटल भुक्तानीको अधिकतम प्रयोग प्रोत्साहित गर्दै ग्राहकहरुलाई विभिन्न छुट र अफर प्रदान गर्ने कार्यलाई निरन्तर जारी राखेको छ। सानिमा बैंकको देशभर १३४ कार्यालय र १२५ ए.टी.एम. सेवा उपलब्ध छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री