बालगायक सचिन परियारको निधन

काठमाडौँ । बालगायक सचिन परियारको निधन भएको छ । बिहीबार बिहान १० बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उनको मृत्यु भएको हो ।

अहिले कागजी प्रक्रिया चलिरहेको अस्पताल प्रशासनले जनाएको छ । पछिल्लो समय उनी कम्मरमुनिको भाग नचल्ने समस्याका कारण थलिएका थिए । उनको स्वास्थ्यमा समस्या आएको भन्दै परिवारले उपचारको लागि रकम सहयोगको मागसमेत गरेका थिए । उनले गाएका गीत समाजिक सञ्जालमा भाइरल छन् ।

सचिनले महानयक राजेश हमालसँग एक म्युजिक भिडियोमा पनि अभिनय गरेका थिए । साथै उनले हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि उनले अभिनय गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री