काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक झिनो अंकले बढेको छ । अघिल्लो कारोबार दिन मंगलबार ३३.०८ अंकले घटेको बजार बुधबार ५.१० अंकले बढेर २ हजार ५८१.६० विन्दुमा बन्द भएको हो ।
बुधबार ३ अर्ब ५९ करोड ४५ लाख रुपैयाँ बराबरको ९४ लाख कित्ता शेयर खरिद विक्री भएको छ । आज कारोबारमा आएका कम्पनीहरुमध्ये १५० कम्पनीको शेयर मूल्य बढेको छ भने ८८ कम्पनीको घटेको छ । बाँकी रहेका ४ कम्पनीको शेयरमूल्य स्थिर छ ।
आज त्रिशुली जलविद्युत कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको भएको छ। कम्पनीको २१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको हो ।
तपाईंको प्रतिकृया




