रगत निःशुल्क उपलब्ध गराउनुपर्छ : महामन्त्री थापा

चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले रगतको आवश्यकता पर्ने व्यक्तिका लागि निःशुल्क उपलब्ध गराउनुपर्ने बताएका छन् ।

नेपाल रेडक्रस सोसाइटी नारायणगढ उपशाखाले आज आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा उनले रगत दिनेले पनि निःशुल्क दिने भएकाले पाउनेले पनि निःशुल्क पाउनुपर्ने धारणा राखे ।

महामन्त्री थापाले भने, ‘रगत निःशुल्क हुनुपर्छ । अहिले बिरामीले रगतको पैसा तिरिरहनुभएको छ, त्यसलाई राज्यले छुट गर्नुपर्छ ।’ पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका थापाले यस विषयमा स्वास्थ्य मन्त्रालयको ध्यान केन्द्रित गराउन आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । दानमध्येको ठूलो दान रक्तदान भएकाले कल्याणको भावनाले उत्प्रेरित भएर काम गर्नुपर्ने उनको भनाइ थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

शान्तिप्रक्रिया टुङ्ग्याउन कांग्रेस र एमालेसँग छलफल गर्छु : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिप्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम टुङ्ग्याउन दबाब सृजना गर्नुपर्ने बताएका छन् ।

प्रतिकृया दिनुहॊस