शून्य प्रतिशत ब्याजदरमै सीएफ मोटो २५० एनके

काठमाडौँ । सीएफ मोटोले नेपाली ग्राहकहरूका लागि ‘न्यु इयर, न्यु राइड’ योजना ल्याएको छ । कम्पनीले नयाँ वर्षको अवसरमा उक्त योजना ल्याएको हो ।

योजनाअनुसार ग्राहकले शून्य ब्याजदरमा २४ महिनाको सरल किस्ताबन्दीमै सीएफ मोटोको २५० एनके मोडल मोटरसाइकल किन्न सक्छन् । सीमित अवधिका लागि ल्याइएको यो योजना २०८१ को माघ १८ सम्म मात्र लागू हुने कम्पनीले जनाएको छ ।

साथै सीएफ मोटोको २५० एनके खरिद गर्न भने ५० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने कम्पनीले बताएको छ । २५० एनके नगदमा खरिद गर्ने ग्राहकले २५ हजार रुपैयाँ छुट पाउनेछन् ।

यसैगरी ग्राहकले एक्सचेन्जमा भने थप ३० रुपैयाँ मूल्यांकन हुने, निःशुल्क हेल्मेट, उपहार र एक वर्षका लागि सीएफ मोटोको पार्ट खरिदमा १० प्रतिशत छुट पाउनेछन् । सीएफ मोटोको २५० एनकेमा २४९.५ सीसीको इन्जिन, २०.५ किलोवाटको अधिकतम शक्ति र २२ एनएमको टर्क उत्पादन गर्ने विशेषता रहेको कम्पनीको भनाइ छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री