कजरिया टाइल्सको प्रिमियम सिरेमिक टाइल सेगमेन्टको उत्पादन सुरु

काठमाडौं । कजरिया रमेश टाइल्स लिमिटेडले अब ३००x४५० एमएम सिरेमिक टाइलहरूको नयाँ श्रृंखला प्रस्तुत गर्दै आफ्नो उत्पादन लाइनलाई अझ विस्तार गरेको छ । यसअघि कम्पनीले ६००x६०० एमएम र ६००x१२०० एमएमको ग्लेज्ड भिट्रिफाइड टाइल्सका साथै ४००x४०० एमएमको हेभी ड्युटी भिट्रिफाइड टाइल्स बजारमा ल्याइसकेको छ ।

कजरिया टाइल्सले नेपालभर १०० भन्दा बढी डिलर र वितरकहरूको विशाल नेटवर्क निर्माण गरेको छ ।

कजरिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले भने, “हामीले नेपाली बजारमा पहिलो पटक भिट्रिफाइड टाइल्स ल्याउँदा व्यापक प्रशंसा पाएका थियौँ । त्यसै सफलतामा आधारित भएर हामी अहिले अत्याधुनिक प्रविधिमा उत्पादन गरिएका सिरेमिक टाइलहरू बजारमा ल्याउँदैछौँ । हामी पूर्ण विश्वासका साथ भन्न सक्छौँ कि नेपाली बजारमा यी टाइलहरू पनि त्यत्तिकै रुचाइनेछन् । साथै उत्साहका साथ हामी ३००x६०० एमएमका सिरेमिक टाइल्स पनि छिटै उत्पादनमा ल्याउने घोषणा गर्दछौँ ।”

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री