दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना, २८ जनाको मृत्यु

काठमाडौं । दक्षिण कोरियामा विमानस्थलमा भएको विमान दुर्घटनाले ठूलो जनधनको क्षति पुर्‍याएको छ । थाइल्याण्डको बैंककबाट उडान भरेको जेजु एयरको विमान आइतबार मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको हो ।

अवतरणका बेला धावनमार्गबाट चिप्लिएर विमान पर्खालमा ठोक्किएको थियो । दुर्घटनामा हालसम्म २८ जनाको मृत्यु भएको पुष्टि भएको छ भने थप क्षतिको सम्भावना रहेको छ । विमानमा १७५ यात्रु र चालक दलका ६ सदस्य थिए ।

अग्नि नियन्त्रक अधिकारीहरूका अनुसार दुर्घटनाग्रस्त विमानबाट दुईजनालाई जीवितै उद्धार गरिएको छ । हाल उद्धार कार्य जारी छ र मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री