फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) सुन प्रतितोला ६ सयले बढेको हो ।

आज छापावाल सुन प्रतितोला १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी भने स्थिर छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार पनि सोही मूल्य कायम थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री