काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर निष्कासनको अनुमति पाएको छ । बोर्डले पुष ९ गते इन्स्योरेन्सलाई २५ प्रतिशत हकप्रद जारी गर्न अनुमति दिएको हो।
कम्पनीले ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको ५० लाख ३० हजार ९०१ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ।
तपाईंको प्रतिकृया



