काठमाडौं । इसेवाले पछिल्लो समय सामाजिक संजाल तथा केहि संचार माध्यममा आएका समाचारमा ध्यानाकर्षण भएको जनाएको छ। इसेवाका ग्राहकको पैसा असुरक्षित रहेको जस्ता समाचारमा कुनै सत्यता नभएको भन्दै यस्ता कुरामा विश्वास नगण इसेवाले आग्रह गरेको छ।
इसेवाको वालेटमा देखिएको पैसा डिजिटल मात्रै भएको र यसको वास्तविक पैसा कुनै कमर्शियल बैंकमा हुने भएकाले इसेवाको वालेटमा भएको पैसा असुरक्षित भन्ने समाचार गलत भएको इसेवाले जनाएको छ।
“केही अनलाइन समाचार पोर्टलहरू इसेवाको सिस्टम ह्याक भई रकम चोरी भएको भनी प्रकाशित खबरहरुले इसेवा प्रयोगकर्ताहरुमा अनावश्यक त्रास र भ्रम सिर्जना भएकोमा इसेवाको गम्भीर ध्यानकर्षण भएको छ” इसेवाद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
इसेवा लगायतका नेपालका कुनै पनि डिजिटल वालेट कम्पनीहरूले ग्राहकहरु त्था मर्चेन्टहरुको रकम आफ्नो कम्पनी वा कम्पनीको कुनै मातहतमा राख्न नपाउने व्यवस्था रहेको छ। भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ अनुसार इसेवाजस्ता डिजिटल वालेटहरुको कुनै ‘क’ वर्गको वाणिज्य बैंकमा सेटलमेन्ट खातामा हुनु पर्ने प्रावधान रहेको छ । सोही प्रावधान अनुसार प्रयोगकर्ताहरुको रकम डिजिटल वालेटमा नभएर उक्त सेटलमेन्ट बैंक खातामा जम्मा हुन्छ । यस प्रणालीले ग्राहकको रकमको दुरुपयोग हुन वा कुनै पनि प्रकारको अनधिकृत पहुँचबाट सुरक्षित राख्दछ।
इसेवाकाअनुसार अन्य वालेटहरुमा झैं इसेवाको हकमा पनि इसेवाका ग्राहकको पैसा कुनै कमर्शियल बैंकमा हुने भएकोले हाल सामजिक सञ्जालहरूमा भ्रम सिर्जना गर्ने उद्देश्यले प्रकाशित गरिएको खबरहरुलाई दुरुत्साहन गरिन्छ ।




