काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ पुगेको छ ।
यसअघि, शुक्रबार सुन प्रतितोला १ लाख ४८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि आज तोलामा ३० रुपैयाँले बढेको छ । महासंघका अनुसार चाँदी अहिले प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय ६० रुपैयाँ रहेको थियो ।
१० ग्रामको हिसाबले हेर्दा, आज सुनको मूल्य १ लाख २८ हजार २ सय ६० रुपैयाँ र चाँदीको मूल्य १ हजार ५ सय ३४ रुपैयाँ ५० पैसा कायम भएको छ ।
तपाईंको प्रतिकृया



