मनाङको नेस्याङ केन्द्र बनाएर गयो भूकम्प

earthquake_1-1024x576-1/पाँच सय वर्षदेखि जोगिएको पश्चिम नेपाल महाभूकम्पको जोखिममा

काठमाडौं । मनाङमा बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार बिहान ७ः३७ बजे मनाङको नेस्याङ क्षेत्र केन्द्रबिन्दु बनाएर ४.७ म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यो भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । यसअघि हिजो मात्रै बझाङको धामेना क्षेत्रमा ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

त्यही स्थानलाई केन्द्रबिन्दु बनाएर मंगलबार पनि ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो । लगातारका यी भूकम्पले प्रभावित क्षेत्रका जनतामा त्रास बढाएको छ । विज्ञहरूले सतर्कता अपनाउन सुझाव दिएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री