बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको भाउ बढेको छ । आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ । सुन आज तोलामा दुई सय रुपैयाँले बढेर एक लाख ५१ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा एक लाख ५१ हजार दुई सय रुपैयाँ रहेको थियो । त्यस्तै आज पनि चाँदीको भाउमा भने घटबढ भएको छैन । आज चाँदीको भाउ हिजो जस्तै तोलाको एक हजार आठ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री