काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले आकस्मिक रूपमा केन्द्रीय समितिको बैठक बोलाएको छ । काठमाडौंका पूर्व मेयर एवम् पूर्वमन्त्री पीएल सिंहको निधनपछि कांग्रेसले आकस्मिक बैठक बोलाएको हो ।
पार्टी सभापति शेरबहादुर देउवाले बैठक बिहान साढे ११ बजे केन्द्रीय कार्यालय सानेपामा बोलाइएको हो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई बोलाइएको छ । बैठकमा शोक प्रस्तावबारे निर्णय गर्ने कांग्रेसको तयारी छ ।
तपाईंको प्रतिकृया




