पाँच वर्षकी बालिकामाथि सामूहिक बलात्कारको प्रयास

बुटवल । रुपन्देहीको देवदहमा पाँच वर्षीय बालिकामाथि शुक्रबार बेलुकी करीब ७ बजे सामूहिक बलात्कारको प्रयास भएको छ । देवदह नगरपालिका–५ पानबारी नजिकै स्थानीय पाँच वर्षीय बालिकामाथि सामूहिक बलात्कारको प्रयास भएको हो ।

बालिका बलात्कार गरेको आशङ्कामा स्थानीय चार युवालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय देवदहका प्रहरी सहायक निरीक्षक भरत थापाले जानकारी दिए । पीडित बालिकाको यौनाङ्गबाट रगत बगिरहेको र उनलाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पतालमा पठाइएको समेत प्रसनि थापाले जानकारी दिए। पक्राउ परेका पाँच जनालाई नै हिरासतमा राखी अनुसन्धान थालिएको समेत उनले जानकारी दिए ।

पीडित बालिकाकी आमा माइतीमा सुत्केरी बस्न गएकी र बाबुसमेत सुत्केरी श्रीमती भेट्न गएको अवस्थामा घरमा वृद्ध बाजेबजैसँग रहेकी बालिकामाथि घटना भएको देवदह नगरपालिकाका प्रमुख हीराबहादुर केसीले बताए । बालिका बेलुका घरमा नदेखेपछि बाजेले खोज्दै जाँदा केही पर पक्राउ परेका युवकसँगै चिच्याइरहेको अवस्थामा फेला परेको स्थानीयको भनाइ उद्धृत गर्दै नगर प्रमुख केसीले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस