काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ मा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी ३८ वर्षीया महिलाको मृत्यु भएको छ । चितवनको रत्ननगर नगरपालिका-१२ घर भएर नारायणटार बस्ने कमला आचार्यको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
काठमाडौंका एसएसपी बसन्त रजौरेकाअनुसार शनिबार बा. ३५ प ५८१८ नम्बरको स्कुटर चढेर कागेश्वरी मनोहरा नगरपालिका-८ को किराँत चोकस्थित बागमती नदी किनारमा गएर उनले आफैलाई आगो लगाएकी थिइन् । उनी परिवारसँग बौद्धस्थित नारायणटारमा बस्ने गर्थिन् ।
तपाईंको प्रतिकृया




