पूर्वपतिसँग साहित्यकार सरस्वती प्रतीक्षाको ‘डिभोर्स सेलिब्रेसन’

काठमाडौं । सम्वन्ध विच्छेद गरेका जोडीहरु हम्मेसी आपसमा भेट हुन चाहँदैनन् । डेट गर्ने त निकै टाढाको कुरा । उनीहरु एक-अर्काप्रति अनेक तुष पालेर बसेका हुन्छन् । र साच्चै टाढिनकै लागि छुट्टिएका हुन् जस्तो व्यवहार गर्छन ।

तर, साहित्यकार सरस्वती प्रतीक्षा यसमा अपवाद देखिइन् । चर्चित साहित्यकार सरस्वतीले आफ्ना पूर्वपतिसँग सँगै रेस्टुरेन्टमा लन्च गरेको फोटो सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । ‘डिभोर्स लिएको चार वर्ष पूरा भएको उपलक्ष्यमा’ यो भेटघाट गरेको उनले बताएकी छन् । ‘सम्वन्ध विच्छेदपछि आ-आफूले बाँचेको जीवनको समीक्षा पनि गरियो । सेलिब्रेट गर्न जान्यो भने सम्बन्ध विच्छेद एक उत्सव बनिदिँदो रहेछ,’ उनले लेखेकी छन् ।

https://www.facebook.com/photo.php?fbid=718167731891505&set=a.256408541400762&type=3&theater

सरस्वती थकाली बाबु र बाहुनी आमाकी छोरी हुन् । बाबुआमाजस्तै उनले पनि अन्तरजातीय विवाह गरेकी थिइन् । उनलाई पोखराका प्रख्यात साहित्यकार सरुभक्तले ०५५ सालमा धर्मपुत्री बनाएका थिए । उनी आफूलाई जन्मदिने पिताभन्दा धर्मपितालाई महत्व दिन्छिन् । लेखनमा आउनुभन्दा अगाडि उनी कम्युनिस्ट राजनीतिमा सक्रिय थिइन् । सरस्वती र ठाकुरका एक छोरा छन् । श्रीमानसँग डिभोर्सपछि आफ्नो हिस्साको सम्पत्ति लिएर सरस्वती पोखरामा बस्दै आएकी छिन् । छोरा उनीसँगै बस्छन् । उनका पूर्वपति ठाकुर पनि पोखरामै बस्छन् । उनी एक व्यवसायी हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इलाम-२ मा सुहाङले पछि पारे डम्बर, कसको मत कति ?

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् …

प्रतिकृया दिनुहॊस