यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका पूर्व मेयरलाई चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । झापाको बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख (मेयर) ध्रुवकुमार शिवाकोटीलाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत झापाले मंगलबार यौन दुर्व्यवहार गरेको आरोपमा अनुसन्धान गर्न चार दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शिवाकोटीलाई सोमबार अपराह्न प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार पीडित बालिकाको बुबा छैनन् भने आमा भारतको आसाममा बस्दै आएकी छन् । घरको काम गरिदिने र पढाइदिने शर्तमा उनलाई घरेलु कामदारका रुपमा राखिएको थियो ।

शिवाकोटी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट बिर्तामोड नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री