एन आई सी एशिया बैंक र रेडिसन होटलबीच सम्झौता

काठमाडौं । एन आई सी एशिया बैंक र रेडिसन होटल काठमाडौंबीच बैंकका ग्राहकहरुलाई होटलका विभिन्न सेवा लिदा विशेष छुट प्रदान गर्ने गरी सम्झौता भएको छ ।

बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले न्यूनतम १० प्रतिशत देखि अधिकतम २० प्रतिशतसम्म विभिन्न सेवाहरुमा छुट प्राप्त गर्ने उक्त सम्झौतामा उल्लेख छ । सो सम्बन्धी सम्झौतापत्रमा बैंकका तर्फबाट चिफ डिजिटल पेमेन्ट इकोसिष्टम बिमल लम्साल र होटलको तर्फबाट फुड एण्ड बेभरेज निर्देशक केदार पाण्डेले हस्ताक्षर गरेका हुन् ।

आतिथ्य र मनोरञ्जनको एक प्रमुख केन्द्र रहेको यस होटलसँगको सम्झौताअनुसार होटलको पेष्ट्री शपमा (न्यूनतम रु. १००० को खरिद गर्दा) १० प्रतिशत, एयरपोर्ट रेष्टुरेन्ट, स्पा तथा फुड एण्ड भेभरेजमा १५/१५ प्रतिशत र फिटनेस सेन्टरमा २० प्रतिशत छुट उपलब्ध हुनेछ । बैंक र होटलबीचको यो साझेदारीले ग्राहकहरुले सुलभ मूल्यमा पाँच तारे होटलको सेवाको अधिकतम लाभ प्राप्त गर्नेछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंकद्वारा नवीकरण प्रतिष्ठान नेपाललाई सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लामो समयदेखि अनाथ बालबालिकाहरुको लागि काम गर्दै आएको रिन्यू …

प्रतिकृया दिनुहॊस