पर्सा । जिल्ला सरकारी वकिल कार्यालय पर्सामा सहकारीको रकम अपचलन आरोपमा अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आज (मंगलबार) करिब तीन घण्टा बयान दिएका छन । मंगलबार बिहान साढे १० बजेबाट सुरु भएको उनको बयान अपराह्न डेढ बजे मात्र सकिएको सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता माधव निरौलाले जानकारी दिए ।
सरकारी वकिल कार्यालयमा बयान दिएपछि आवश्यक पर्ने कुराहरू आएको छ, आजको लागि उनको बयान सकिएकाले अब उनी पुनः बयानका लागि यहाँ नआउने अवस्था रहेको उनले जानकारी दिए । बयान सकिएपछि उनी जिल्ला प्रहरीको हिरासत पुगेका छन् ।
उनी हिजो सोमबारदेखि पर्सा प्रहरीको हिरासतमा छन् । गत १९ मंसिरमा उनीविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि बयानका पर्सा प्रहरीको हिरासतमा ल्याइएको हो । उनलाई कास्की प्रहरीको हिरासतबाट काठमाडौं हुँदै बाराको सिमरा विमानस्थल ल्याइएको थियो ।
सिमराबाट स्थलमार्ग हुँदै पर्सा प्रहरीको हिरासत लगिएको हो । लामिछाने पर्सामा आउनुपूर्व रास्वपाका नेता–कार्यकर्ताले प्रदर्शन गरिरहेका छन । वीरगञ्जस्थित सानो पाइला सहकारीको रकम गोर्खा मिडियामा गएको देखिएपछि लामिछानेलाई पर्सामा पनि प्रहरीले अनुसन्धान गर्न लागेको हो ।
प्रतिकृया दिनुहॊस