काठमाडौं । डिजिटल वालेट ‘आईएमई पे’ ले ‘लोड पे विन!’ नामक योजना सार्वजनिक गरेको छ। योजना अन्तर्गत आईएमई पे प्रयोगकर्ताहरूलाई विभिन्न माध्यमद्वारा सजिलै आफ्नो आइएमई पे एपमा पैसा लोड गर्न र सहज डिजिटल भुक्तानी सुविधा अनुभव गर्न प्रोत्साहित गर्ने उद्देश्य राखिएको छ।
मङ्सिर २० देखि पुस २० गतेसम्म १ महिनाका लागि चल्ने यस योजनामा आईएमई पेका सेवाग्राहीहरूले विभिन्न माध्यमबाट आइएमई पे एपमा पैसा लोड गरी कुनै १ भुक्तानी गर्दा दैनिक १ जना विजेताले रु १००० बोनस रकम प्राप्त गर्न सक्नेछन् र बम्परमा ३ जना भाग्यशाली विजेताले योजना अवधीभरी आईएमई पेबाट गरेको कुल कारोबार खर्चको १०० प्रतिशत नै क्यासब्याक प्राप्त गर्न सक्नेछन्।
प्रयोगकर्ताहरुले आइएमई पे एपमा लिङ्क गरिएको बैंकको खाता, अन्य बैंकको एपबाट ‘लोड टु वालेट’ कनेक्ट आईपीएस, ई एम बैंकिङ, भिसा कार्ड र एजेन्ट्स मार्फत आइएमई पे एपमा पैसा लोड गर्न सक्नेछन्।
यस योजनामा सहभागी हुन प्रयोगकर्ताहरुले कम्तीमा रु १००० आइएमई पेमा लोड गर्नुपर्ने हुन्छ र मोबाइल रिचार्ज, हवाई टिकट बुकिङ, केबलकार टिकट बुकिङ, बिलहरूको भुक्तानी जस्तो कुनै पनि कारोबार गरेको हुनुपर्दछ। बम्पर विजेताहरूले कुल कारोबार खर्चको १०० प्रतिशत क्यासब्याक अधिकतम रु १० हजारसम्म प्राप्त गर्न सक्नेछन्।




