काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्सले मासिक योजनाअन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने अभिकर्ताहरूलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतसँग साक्षात्कारसहितको डिनर कार्यक्रम ‘मिट द सीईओ’ सम्पन्न गरेको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेशबाट योग्य भएका ५५ भन्दा बढी अभिकर्ताहरू, विभागीय प्रमुख एवं लुम्बिनी प्रदेशअन्तर्गत रहेका शाखा प्रमुखहरूको सहभागितामा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले लक्ष्य पूरा गर्ने सबै अभिकर्तालाई मायाको चिनो प्रदान गरेका थिए ।
साथै, स्किममा व्यवस्था भएअनुरुप अर्ली क्वालिफायर विजेता र सर्टिफिकेट अफ एक्सिलेन्स प्राप्त गर्न सफल अभिकर्ताहरूलाई विशेष सम्मान गरिएको थियो ।
सीईओ खत्रीले उक्त कार्यक्रममा छनोट हुने सम्पूर्ण अभिकर्ताहरूलाई प्रदेशस्तरीय सम्मान गर्ने क्रममा लुम्बिनी प्रदेशबाट छनोट हुने अभिकर्ताहरूलाई सम्मान गरिएको बताए । उनले समय सान्दर्भिक योजनाहरू प्रस्तुत गर्ने क्रममा मिट द सीईओ स्किम ल्याइएको र नेपालभरबाट ३०० भन्दा बढी अभिकर्ताहरू छनोट भएकोमा लुम्बिनी प्रदेशबाट मात्रै ५५ जना अभकिर्ताहरू छनोट हुन सफल भएकाले यस स्किममा जोडिने सम्पूर्ण अभिकर्ताहरूलाई हार्दिक बधाई ज्ञापन गरे ।
कार्यक्रममा सहभागी अभिकर्ताहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृतसमक्ष बीमा व्यवसायमा भोग्नुपरेका समस्या, गुनासा, कम्पनीले सुधार गर्नुपर्ने पक्षहरूका बारेमा विस्तृत रूपमा छलफलसमेत गरिएको थियो ।




