पाेल्यान्ड भ्रमण सकेर राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

कठमाडौं । पाँच दिने युरोप भ्रमण सकेर राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फकिएकी छन्  राष्ट्रपति भण्डारी केही समयअघि काठमाडौं ओर्लिएको भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

जलवायु परिवर्तनसम्बन्धी महासन्धिको २४औँ सम्मेलनमा सहभागी हुन राष्ट्रपति भण्डारी गत शनिबार पोल्याण्ड गएकी थिइन् । राष्ट्रपतिसँगै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र केही सांसद पनि पोल्यान्‍ड गएका थिए।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनसम्बन्धी सम्मेलनलाई सम्बोधन गर्नुका साथै पोल्यान्‍डका समकक्षीसँग पनि द्वीपक्षीय भेटवार्ता गरेकी थिइन् ।

उनले  जर्मनीको बर्लिनमा आयोजित गैरआवासीय नेपालीहरूको कार्यक्रमलाई पनि सम्बोधन गरेकी थिइन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

संसद् फेस गर्ने आँटेका प्रधानमन्त्रीसँग कति छ मत ?

काठमाडौं । फेरि कुनै ‘राजनीतिक चमत्कार’ नभए अहिलेकै अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा …

प्रतिकृया दिनुहॊस