नबिल बैंकको सञ्चालकमा निर्वाण चौधरी पुन: मनाेनित

काठमाडौं । नबिल बैंक लिमिटेडको सञ्चालकमा निर्वाण चौधरी पुनः मनोनित भएका छन् । एनबी इन्टरनेशनल लिमिटेडको तर्फबाट चौधरीलाई सञ्चालक मनोनित गरिएको नबिल बैंकले जनाएको छ ।

मनोनित सञ्चालक चौधरीको नयाँ कार्यकाल सोमबार बसेको बैंकको सञ्चालक समितिको ५०२ औं बैठकबाट सुरु भएको बैंकले जनाएको छ । नबिल बैंकमा एनबी इन्टरनेशनलको ५० प्रतिशत स्वामित्व छ । बैंकमा इन्टनेशनलले सिफारिस गरेको एकजना सञ्चालक नियुक्त हुने व्यवस्था छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

३० दिनभित्र दोहोरो पद छोड्न सहकारी सञ्चालकलाई निर्देशन

काठमाडौँ । सहकारी विभागले एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थाको सञ्चालक हुन नपाउने …

प्रतिकृया दिनुहॊस