हिजोमात्रै क्यानडाबाट फर्किएका थिए सिनामंगलमा मृत भेटिएका श्रीमान्-श्रीमती

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित होटेल जन्मभूमिको कोठामा मृत फेला परेका सुनसरीको दुहवीका ३४ वर्षीय रमेश माझी र उनकी २९ वर्षीया श्रीमती शर्मिला माझी शनिबार मात्र क्यानडाबाट नेपाल फर्किएको खुलेको छ ।

प्रहरीले फेला पारेको उनीहरूका पासपोर्ट अनुसार, सन् २०२२ मा माझी दम्पती क्यानडा उडेको खुलेको छ । त्यसको दुई वर्षपछि पहिलोपटक उनीहरू नेपाल फर्किएको देखिएको छ । उक्त होटेलमा झुन्डिएको अवस्थामा आइतबार बिहान उनीहरू मृत भेटिएका हुन् ।

 माझी दम्पतीले शनिबार करिब ७ बजे होटेल पुगेर चौथो तलाको १२० नम्बर कोठा ‘बुक’ गरिएको थियो । उनीहरूले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिन्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री