अब धरहरा चढ्न शुल्क : विद्यार्थी, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई छुट

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । काठमाडौंको सुनधारमा रहेको धरहरा व्यावसायिक रूपमा खुला भएको छ । गत असोज ३ गतेदेखि शनिबारसम्म निःशुल्क रहेको धरहरा चढ्न आजदेखि भने शुल्क लाग्ने भएको हो ।

यसअघि परीक्षणका रूपमा निःशुल्क खुला गरिएको थियो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शःशुल्क रूपमा धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेशबमोजिम हाललाई अनुसूचीमा प्रस्ताव गरेबमोजिमको शुल्क लिएर धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको जानकारी दिए ।

धरहरा चढ्न स्वदेशी नागरिकलाई प्रतिव्यक्ति दुई सय रुपैयाँ शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिले धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउनेछन् ।

विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ र सार्कबाहेक राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क निर्धारण गर्न सहरी विकास मन्त्रालयले गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेस गरेको थियो । उक्त प्रस्ताव स्वीकृत भएसँगै धरहरा चढ्दा उल्लेखित शुल्क लाग्ने मन्त्रालयले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौँमा आज यस वर्षको अहिलेसम्मकै चिसो

काठमाडौं । उपत्यकाको तापक्रम यो वर्ष पहिलो पटक सबैभन्दा न्यून बिन्दुमा पुगेको छ । मंसिर ९ गते बिहानको मापन अनुसार, उपत्यकाको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियसमा झरेको छ । यसअघि, मंसिर ६ गते तापक्रम ९ डिग्री सेल्सियससम्म झरेको थियो । तर आज त्यो भन्दा पनि तल झर्दै चिसो अझै बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहॊस