यी हुन् भर्जिनिया दुर्घटनामा ज्यान गुमाउने नेपाली युवा, चालकविरुद्ध हत्या अभियोग

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यको च्यान्टिलीमा ४ जना नेपाली सवार कार दुर्घटना हुँदा मृत्यु भएका २ जनाको परिचय खुलेको छ । स्थानीय समयअनुसार शुक्रबार बिहान च्यान्टिलीस्थित काउन्टी पार्क वे र ताल सेडार पार्क वे नजिक भएको कार दुर्घटनामा २ जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा आठविसकोट नगरपालिका रुकुम पश्चिमका सुरेश केसी र बर्दियाका विवेक सुवेदी छन् । केसी केही महिना अगाडिमात्र अमेरिका पुगेका थिए भने सुवेदी एक इथिकल ह्याकर भएको जनाइएको छ ।

तीव्र गतिमा रहेको फोर्ड मस्टाङ्ग कार सडकछेउको रुखमा ठोक्किएको थियो । यो दुर्घटना चालकको लापरबाहीका कारण भएको प्रहरीले बताएको छ । चालक ३० वर्षीय विजय तामाङ र मोहन श्रेष्ठ घाइते भएका छन्, तर दुवैको अवस्था स्थिर छ ।

चालक तामाङलाई प्रहरीले पक्राउ गरेको छ । दुर्घटनाको समयमा तामाङले अत्यधिक मदिरा सेवन गरेका थिए । लाउन काउन्टी प्रहरीले दुर्घटनाको अनुसन्धान जारी राखेको जनाएको छ ।

तामाङविरुद्ध अनैच्छिक हत्याको आरोप लगाइएको छ र लाउडौन काउन्टी वयस्क डिटेन्सन सेन्टरमा धरौटी बिना राखिएको छ । यो घटनामा थप अनुसन्धान जारी छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रवि लामिछानेविरुद्ध थप अनुसन्धानको तयारी, अदालत उपस्थित गराइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अदालतमा उपस्थित गराइएको छ । सहकारी ठगी, सम्पत्ति हिनामिना, र सङ्गठित अपराधका आरोपमा अनुसन्धानका लागि थप म्याद माग गर्दै प्रहरीद्वारा उनलाई अदालत लगिएको हो । रवि लामिछानेलाई कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरिएको थियो ।

प्रतिकृया दिनुहॊस