स्ट्याण्डर्ड चार्टर्ड बैंकको बुक क्लोज मिति परिवर्तन

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको बुक क्लोज मिति सरेको छ । बैंकले बुधबार एक सूचना जारी गर्दै बुक क्लोजको मिति सरेको जानकारी गराएको हो ।

परिवर्तन भएको मितिअनुसार बैंकको बुक क्लोज अब मंसिर १२ गते हुनेछ । यसअघि बैंकले मंसिर ६ गते एक दिन बुक क्लोज गर्ने बताएको थियो ।

मिति परिवर्तन भएसँगै अब मंसिर ११ गतेसम्म कायम शेयरधनी बैंकको साधारणसभामा भाग लिन र बैंकले वितरण गर्न लागेको लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकले मंसिर २५ गते साधारण सभा बोलाएको छ । सभाले हाल कायम चुक्ता पूँजीको ६ दशमलव ५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित १९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका साथै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सांग्रिला डेभलपमेन्ट बैंक र बृहत इन्भेष्टमेन्टबिच व्यवसायिक सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र कुपण्डोल ललितपुरमास्थित बृहत इन्भेष्टमेन्ट प्रा.लिबिच आज व्यवसायिक सम्झौता …

प्रतिकृया दिनुहॊस