छविलाल जोशीलाई काठमाडौं ल्याइयो, अब रविको पालो

काठमाडौं । सहकारीको रकम अपचलनको कसुरमा पक्राउ परी कास्की प्रहरीको हिरासतमा रहेका पूर्व डीआइजी एवम् गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशीलाई काठमाडौं ल्याइएको छ । जोशीविरूद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनलाई मंगलबार बेलुका जहाजबाट काठमाडौं ल्याइएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेकाअनुसार जोशीलाई हिजै ल्याएर परिसरको हिरासतमा राखिएको छ । आजबाट अनुसन्धानको आवश्यक काम अगाडि बढ्ने उनको भनाई छ ।

पोखराको सूर्यदर्शन सहकारी सहकारीको बचत अपचलन प्रकरणमा गत असोज ६ गते जोशी पक्राउ परेका थिए । त्यहीबीचमा रूपन्देहीको सुप्रिम सहकारीको बचत हिनामिनामा संलग्न रहेको आरोपमा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि बयानका लागि उनलाई रूपन्देही पनि लगिएको थियो ।

लगत्तै काठमाडौं जिल्ला अदालतले काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरेको थियो । त्यसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको थियो । जोशीको बयानपछि लामिछानेलाई काठमाडौं ल्याउने तयारी छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

करोड खाएको आरोप लगाएका सांसद बजगाईंले मन्त्री पाण्डेसँग मागे माफी

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले पर्यटनमन्त्री बद्री पाण्डेसँग माफी मागेका छन् । सांसद बजगाईँले मन्त्री पाण्डेले क्यासिनोलाई स्वीकृति दिँदा करोडौँ कमिसन खाएको आरोप लगाएका थिए । उनको आरोपपछि पार्टीले स्पष्टीकरण सोध्दै प्रमाण मागेको थियो । तर उनले सामाजिक सञ्जाल एक्समार्फत माफी मागेका हुन् ।

प्रतिकृया दिनुहॊस