उपनिर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन गरिंदै

काठमाडौं । यही मंसिर १६ गते हुने स्थानीय तह उपचुनाव अन्तर्गत मंगलबार उम्मेदवारको नामावली प्रकाशन हुनेछ । आज साँझ ५ बजेदेखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ । मंसिर ५ गते बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने छन् ।

सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ । दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यतालिका रहेको आयोगले जनाएको छ । मंसिर १६ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुनेछ । विभिन्न कारणले रिक्त ४४ पदमा उपचुनाव हुन लागेको हो ।

उपनिर्वाचनले जिल्ला समन्वय समितिका प्रमुख २ जना, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक÷एक र वडाध्यक्ष ३४ जना निर्वाचित गर्नेछ । जसमध्ये जिल्ला समन्वय समिति ओखलढुंगाको प्रमुखमा १ जना निर्विरोध निर्वाचित भइसकेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फेक फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी

काठमाडौं । नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख बढी ठगी गरेको अभियोगमा प्रहरीले एक …

प्रतिकृया दिनुहॊस